दीपेन्द्र आबद्ध टाईगरको खेल नेपाली समय अनुसार

काठमाडौं । नेपालका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले साउन ५ बाट सुरु हुने तेस्रो संस्करणको ग्लोबल टी-ट्वान्टी क्यानडा खेल्दै छन् ।
दीपेन्द्र पहिलो पटक कुनै पनि विदेशी लिग खेल्दै छन् । सन्दीप लामिछाने, कुशल मल्ल, सोमपाल कामी, करण केसी पछि विदेशी लिगमा दीपेन्द्रले सहभागीता जनाउँदै छन् । सन्दीप र सोमपाल पछि यो लिग आबद्ध हुने दीपेन्द्र तेस्रा नेपाली खेलाडी हुन् ।
नेपाली राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गर्दै आएका दीपेन्द्र लिगको तेस्रो संस्करणमा मोन्ट्रियल टाईगर्समा अनुबन्ध भएका छन् । यस टोलीमा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, क्रिस लिन, सकिब अल हसन लगायतका खेलाडी रहेका छन् ।
दीपेन्द्र आबद्ध मोन्ट्रियलको पहिलो खेल साउन ६ गते रहेको छ । पहिलो खेलमा नै दीपेन्द्र आबद्ध टोलीको खेल सन्दीप लामिछाने रहेको टिमविरुद्ध खेल्नेछ । पहिलो खेल साउन ६ गते बिहान सवा १ मा सरे जगुआरविरुद्ध खेल रहेको छ ।
टाईगर्सको दोस्रो खेल ७ गते बेलुका पौने ९ मा रहेको छ । दोस्रो खेलमा टाईगर्सले मिसिसागा प्यानथर्ससँग खेल्नेछ ।
तेस्रो खेलमा मोन्ट्रियलले साउन १० गते बिहान सवा १ मा भैंकूवर नाइट्ससँग खेल्नेछ । साउन १० मा टाईगर्सको चौथो खेल रहेको छ । चौथो खेलमा टाईगर्सले ब्रैम्प्टन वुल्भ्ससँग खेल्नेछ ।
दीपेन्द्र आबद्ध टाईगर्सको पाँचौ खेल साउन १५ गते रहेको छ । पाँचौ खेलमा साउन १५ गते बिहान सवा १ मा टोरन्टो नेशनलसँग खेल्नेछ ।
छैटौं तथा समूह चरणको आफ्नो अन्तिम खेल दीपेन्द्र आबद्ध टाईगर्सको साउन १७ मा रहेको छ । सातौं खेलमा साउन १७ गते बिहान सवा १ मा भैंकूवर नाइट्ससँग रहेको छ ।
समूह चरणको खेलबाट शिर्ष चारमा रहेमा साउन १९ बाट सुरु हुने प्लेअफका खेलहरुमा टाईगर्सले प्रतिस्पर्धा गर्नेछ । यस लिगको फाइनल खेल साउन २१ मा रहेको छ ।














