थिप्चाले गरिन् लगातार चार खेलाडीलाई बोल्ड

काठमाडौं । नेदरल्यान्ड्समा सम्पन्न महिला टी-ट्वान्टी त्रिदेशीय सिरिजमा थाइल्याण्डकि क्रिकेटर थिप्चा पुत्थावोङले कीर्तिमान कायम गरेकि छिन् ।
नेदरल्याण्ड विरुद्धको टी-ट्वान्टी खेलमा थिप्चाले खेलको १८ औं ओभरमा ह्याट्रिकसँगै लगातार ४ विकेट लिएकि थिइन् । थिपाचाले उक्त ओभरमा नेदरल्याण्डका चार जना खेलाडीलाई बोल्ड गर्दै पवेलियनको बाटो देखाएकि थिइन ।
यस्तो उपलब्धि हासिल गर्ने उनी थाइल्याण्डकि पहिलो महिला क्रिकेटर बन्नुको साथै अन्तर्राष्ट्रियस्तरमा सातौं महिला बन्न पुगेकि छन् ।
३ दशमलब ५ ओभर बलिङ गरेकि थिप्चाले उक्त खेलमा कुल ५ विकेट लिएकि थिइन । थिप्चाले १८ औं ओभरमा लगातार नेदरल्याण्डका चार जना खेलाडीलाई बोल्ड गर्ने क्रममा फेबे मोल्केनबोअर, मिक्की जविलिङ्ग, हन्ना लेन्डहीर र केरोलिन डी लेङ्गको विकेट लिएकि थिइन ।
कीर्तिमान प्रदर्शन गरेकि थिपाचाको यहि प्रदर्शनले नेदरल्याण्ड ७५ रनमा समेटिएको थियो । उनले ३ दशमलब ५ ओभरमा मात्र ८ रन मात्रै खर्चेकि थिइन् । ७६ रनको विजय लक्ष्य पाएको थाइल्याण्डले उक्त लक्ष्य १३ दशमलब ३ ओभरमा पुरा गरेको थियो ।














