एजेन्सी । आगामी सेप्टेम्बर र अक्टोबरमा चीनमा हुने १९ औं एसियाली खेलकुद खेल्ने भारतीय क्रिकेट टोली घोषणा भएको छ ।
भारतले युवा ब्याटर ऋतुराज गायकवाडको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । भारतले आफ्नो दोस्रो रोजाईको टोली एसियाली खेलकुदमा पठाउने भएको छ ।
पहिलो रोजाईका खेलाडी भारतमा नै हुने एकदिवसीय विश्वकपमा रहने हुँदा दोस्रो रोजाईका खेलाडीलाई एसियाली खेलकुदमा पठाउदै छ । आगामी अक्टोबर ५ देखी भारतमा एकदिवसीय विश्वकप सुरु हुँदैछ ।
आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेका युवा ब्याटर रिंकु सिंह तथा विकेटकिपर प्रभसिम्रन सिंहलाई पनि भारतले मौका दिएको छ ।
प्रतियोगिता आगामी सेप्टेम्बर १९ देखी अक्टोबर ८ सम्म जेजिंग युनिभर्सिटी अफ टेक्नोलोजी पिंगफेंग क्रिकेट फिल्डमा हुनेछ । प्रतियोगिता टी-ट्वान्टी शैलीमा हुनेछ ।
यस प्रतियोगिता नेपालले पनि खेल्नेछ । केही दिनमा नेपाली टोलीको पनि घोषणा हुनेछ ।
भारतको टोली :
ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक बर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वासिन्टन सुन्दर, शाहजाद अहमद, रवि विश्रोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम माभी, शिवम दुबे र प्रभशिम्रन सिंह (विकेटकिपर)