पाकिस्तान ए विरुद्ध नेपालको सम्भावित प्लेईङ ११

काठमाडौं । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालले भोली शुक्रबार पाकिस्तान ए सँग खेल्दैछ ।
समूह ए को यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा हुनेछ । पाकिस्तानको ए टोली रहेतापनि टोलीमा केही चर्चित अनुहार समेत रहेका छन् ।
जितका साथ प्रतियोगिता सुरुआत गर्ने लक्ष्यमा रहेको नेपालले यस खेलमा आफ्नो बलियो युवा टिम उतार्ने छ ।
पाकिस्तानको ए टिमविरुद्ध खेल्ने नेपालले आफ्ना केही नयाँ खेलाडीलाई मौका दिने अनुमान रहेको छ । नेपालले ओपनरका रुपमा कुशल भुर्तेललाई निरन्तरता दिने सम्भावना रहेको छ । अर्का ओपनरमा अर्जुन साउद रहने सम्भावना रहेको छ ।
तीन नम्बरमा युवा ब्याटर देव खनालले मौका पाउने सम्भावना रहेको छ । खराब फर्मका कारण टोलीमा पर्न कठिन रहेका खनालको लागि यो महत्वपुर्ण अवसर हुनेछ । चार नम्बरमा कप्तान रोहित पौडेल रहने सम्भावना रहेको छ । रोहितको कप्तानी नेपालले पाकिस्तानविरुद्ध ऐतिहासिक सफलता दिने अनुमान गरिएको छ ।
पाँचौ नम्बरमा ब्याटर सन्दीप जोराले मौका पाउने सम्भावना छ । जोरालाई नेपाली टोलीको मध्यपक्ति बलियो बनाउने जिम्मेवारी समेत रहने छ ।
छैटौं नम्बरमा अलराउन्डर कुशल मल्लले स्थान बनाउँने सम्भावना रहेको छ । विस्फोटक ब्याटिङ सहित स्पिन बलिङका विकल्पका रुपमा मल्लले आफ्नो भुमिका पाउँने छन् । सार्तौ नम्बरमा अलराउन्डर गुलसन कुमार झाले मौका पाउने सम्भावना रहेको छ । तीव्र गतिका बलर सहित भरपर्दो ब्याटिङ शैलीका कारण झाले प्लेईङ-११ मा मौका पाउने सम्भावना बढि रहेको छ ।
तीव्र गतिका बलर प्रतिश जिशीले आठौं नम्बरमा मौका पाउने सम्भावना रहेको छ । नवौं स्थानमा तीव्र गतिका बलर किशोर महतोले मौका पाउने सम्भावना रहेको छ । मौषम ढकालले दशौं नम्बरमा मौका पाउने सम्भावना रहेको छ । लेग स्पिनर ढकालले सन्दीप लामिछानेको अभाव हुन नदिने अनुमान गर्न सकिन्छ ।
एघारौं नम्बरमा युवा स्पिनर सुर्य तामाङले मौका पाउने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
कुशल भुर्तेल, अर्जुन साउद(विकेट किपर), देव खनाल, रोहित कुमार पौडेल(कप्तान), सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, प्रतिस जि.सी, किशोर महतो, मौषम ढकाल र सुर्य तामाङ
(नोट : आवश्यकता अनुसार ब्याटिङक्रम तलमाथि हुन सक्छ । )













-1762856022963.jpg&w=3840&q=75)
