एसीसी इमर्जिङ कप आजबाट, नेपालको खेल शुक्रबार
बिहिबार, असार २८, २०८०खेलपाटी संवाददाता

काठमाडौं । श्रीलंकामा आज बिहीबारबाट एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता सुरु हुदैछ ।
प्रतियोगिताको पहिलो दिन समूह ए का दुई खेल हुदैछ ।
प्रतियोगिताको पहिलो खेलमा श्रीलंका ए ले बंगलादेश ए को सामना गर्दै छ । खेल सिंहालिस स्पोर्टस क्लब कोलम्बोमा हुदैछ ।
प्रतियोगिताको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छन् ।
दोस्रो खेलमा अफगानिस्तान ए र ओमान ए भिड्दै छन् । खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा हुनेछ ।
प्रतियोगिताको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छन् ।
दुवै खेल नेपाली समय अनुसार बिहान सवा १० मा सुरु हुनेछ ।
समूह बी मा रहेको नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग खेल्नेछ ।
एसीसी इमर्जिङ कप आजबाटनेपालको खेल शुक्रबार













-1762856022963.jpg&w=3840&q=75)
