कुशल ९९ मा आउट हुँदा नराम्रो फिल भयो - कप्तान रोहित

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले कुशल भुर्तेल जिम्बावेविरुद्धको खेलमा ९९ मा आउट हुँदा नराम्रो फिल भएको बताएका छन् ।
आइसीसी विश्वकप छनोट खेलेर फर्किएपछि विमानस्थलमा कप्तान रोहितले उक्त प्रतिक्रिया दिएका हुन् ।
'कुशल ९९ रनमा आउट हुँदा एकदमै नराम्रो अनुभव भयो । सबैले शतक बनाउछ र ताली बजाउछन् भन्ने सोचेका थियौ । त्यो योर्कर फ्याँलेपछि केहि सोच्न पाएनौं ', रोहितले भने ।
आफुहरु जुन सोचका साथ जिम्बावे गएका थियौं । त्यो सोच पूरा हुन नपाएको कप्तान पौडेलले बताए । सोचे अनुसारको नतिजा नआएपनि धेरै कुराहरु सिक्ने अवसर मिलेको बताए ।
'सोचे जस्तो नतिजा आएन । त्यहाँबाट धेरै कुरा सिक्न पायौं । विशेषगरि टेस्ट टोलीविरुद्ध खेल्न र प्रतिस्पर्धा गर्न पाउँदा नै एकदमै राम्रो थियो । अरु टोली जस्तो सजिलो हुँदैन । टेस्ट टोलीलाई जित्न सबैमा राम्रो गर्नुपर्छ । हरेक खेलमा एक दुई कुरामा गल्ती गरेका थियौं । आउने खेलहरुमा हामी त्यो कुरालाई सुधार गछौं', कप्तान रोहितले भने ।
नेपालले विश्वकप छनोटमा टेस्ट टोली जिम्बावे, आयरल्यान्ड र वेस्टइन्डिजसँग खेलेको थियो । नेपालले पहिलो पटक ओडिआईमा टेस्ट टोलीसँग खेलेको थियो ।
'सुरुमा सबै खेलाडीको उत्साहित थियो । वेस्टइन्डिज र जिम्बावेका बलरहरुले कस्तो बल गर्छन् भनेर । त्यो खेल्दा त्यस्तै फरक केहि पनि थिएन । उनीहरु हामी भन्दा बढी अनुभवी थिए त्यसैले तिनीहरुले राम्रो गरे ', रोहितले भने स्कटल्यान्ड र नेदरल्यान्ड्सले एकदमै राम्रो क्रिकेट खेल्यो । टेस्ट टोलीहरुसँग निरन्तर खेल्न पाएमा हामीपनि उनीहरुलाई हराउन सक्छौं ।'
रोहित आयरल्यान्डसँगको खेलको नतिजा हाम्रो पक्षमा आईसकेको थियो । महत्वपूर्ण समयमा क्याचहरु लिन सकेनौ । आउने दिनमा त्यो सिकेर टेस्ट टोलीहरुसँग राम्रो खेल्ने बताए ।















-1775795080923.webp&w=3840&q=75)