काठमाडौं । ओमानले जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा वेस्ट इन्डिजलाई २ सय २२ रनको लक्ष्य दिएको छ ।
हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २१ रन बनायो ।
ओमानका सुरज कुमार ६५ बलमा ५ चौका र १ छक्कासहित ५३ रनको अविजित अर्धशतकीय ईनिङ खेले ।
ओमानका शोएब खान ५४ बलमा ५ चौका र १ छक्कासहित अविजित ५० रनमा बनाए । मोहम्मद नदिम २० तथा आयन खान ३० रनमा आउट भए । कश्याप प्रजापतिले ३१ रन बनाए ।
वेस्टइन्डिजका रोमारियो शेफर्डले ३ तथा कायल मेयर्सले २ विकेट लिए ।