नेपालसँगको खेल पछि आयरल्यान्डको कप्तान परिवर्तन
बुधबार, असार २०, २०८०खेलपाटी संवाददाता

एजेन्सी । जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटमा आयरल्यान्ड सुपर सिक्समै पुग्न नसकेपछि कप्तान एन्डि बालबर्नीले राजीनामा दिएका छन् ।
बालबर्नीले नेपालसँगको खेलपछि सिमित ओभरको क्रिकेटबाट कप्तानी छाड्ने निर्णय लिएका हुन् ।
आयरल्यान्ड क्रिकेटले बालबर्नीको स्थानमा ओपनर पल स्टरलिङलाई तत्कालको लागि कप्तानी नियुक्त गरेको जनाएको छ । २०१९ मा बालबर्नी आयरल्यान्डको कप्तान बनेका थिए । टेस्ट टोलीमा भने उनी कप्तानमा निरन्तर हुनेछन् ।
नेपालसँगको खेल पछि आयरल्यान्डको कप्तान परिवर्तन












-1762856022963.jpg&w=3840&q=75)

