ओमान र वेस्ट इन्डिज भिड्दै

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा आज बुधबार सुपर सिक्सको सातौं खेल हुदैछ ।
सुपर सिक्सको पाँचौ खेलमा ओमान र वेस्ट इन्डिज भिड्दै छन् । हरारे स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।
वेस्ट इन्डिज नेपाल रहेको समूह ए मा तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । ओमान भने समूह बी को तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको हो ।
सुपर सिक्समा खेल खेल्दै गरेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । ओमान जिम्बावे र नेदरल्यान्डस् पराजित भएको थियो । वेस्ट इन्डिज पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो । दुवै राष्ट्रको विश्वकपमा छनोटको सम्भावना समाप्त भएको छ ।
जित केबल प्रतिष्ठाका लागि मात्र हुने भएकोले दुवै टोली जितको खोजीमा रहेका छन् ।
श्रीलंका भने एक खेल अगावै विश्वकपमा स्थान बनाउन सफल भएको छ ।
विश्वकप छनोटका लागि एक स्थान बाँकी रहँदा स्कटल्यान्ड र नेदरल्यान्ड्स दौडमा रहेका छन् ।












-1762856022963.jpg&w=3840&q=75)

