काठमाडौं । श्रीलङ्काको कोलम्बोमा जुलाई १३ देखि २३ सम्म आयोजना हुने एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप २०२३ का लागि जुनियर क्रिकेट कमिटीले भारत 'ए' टोलीको घोषणा भएको छ । एसियाका आठ राष्ट्रबीच हुने प्रतियोगिता ५० ओभरको हुनेछ ।
समूह 'बी' मा नेपालसँगै रहेको भारतले विश्वकप विजेता कप्तानको कप्तानीमा आफ्नो टोली घोषणा गरेको हो । २०२२ मा वेस्ट इन्डिजमा भएको यू-१९ विश्वकपमा भारतको कप्तानी गरी च्याम्पियन बनाउन सफल यश धुलले भारतको कप्तानी गर्दै छन् ।
समूह 'बी' मा भारत 'ए' र नेपालसँगै युएई र पाकिस्तान 'ए' रहेका छन् । नेपाल र युएईबीचको खेल ओडिआई मान्यताको हुनेछ । भारत 'ए' तथा पाकिस्तान 'ए' सँगको खेल भने लिस्ट ए मान्यताको हुनेछ । प्रतियोगिताको समूह 'ए' मा श्रीलङ्का 'ए', अफगानिस्तान 'ए' र ओमान रहेका छन् । प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
पहिलो सेमिफाइनलमा समूह 'ए' को शीर्ष र समूह 'बी' का दोस्रो स्थानका टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा समूह 'बी' को शीर्ष र समूह 'ए' को दोस्रो स्थानका टोलीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ जुलाई मा हुनेछ ।
भारतीय टोली
साई सुदर्शन, अभिषेक शर्मा (उपकप्तान), निकिन जोस, प्रदोश रन्जन पाल, यश धुल (कप्तान), रियान पराग, निशान्त सिन्धु, प्रभसिमरन सिंह, ध्रुव जुरेल, मानव सुथार, युवराजसिंह डोडिया, हर्षित राणा, आकाश सिंह, नितीश कुमार रेड्डी, राजवर्धन हंगरगेकर