काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका लागि जारी खेलमा आयरल्यान्डविरुद्ध नेपालले पाँचौं सफलता पाएको छ ।
नेपालका लागि सन्दीप लामिछानेले आयरल्यान्डका ह्यारी टेक्टरलाई आउट गराएका हुन् । यसअघि करण केसीले ओपनर एन्डि म्याकबर्नीलाई १७ रनमा आउट गराएका थिए ।
आफ्नो ओडिआई करियरको पहिलो सफलता लिएका किशोर महतोले कप्तान एन्डि बालबर्नीलाई आउट गराएका थिए । आयरल्यान्डले अहिले २६ ओभरमा ५ विकेट गुमाएर१ सय ३४ रन बनाएको छ ।
आयरल्यान्ड नेपालले दिएको २ सय ६९ रनको लक्ष्य पछ्याईरहेको छ ।
त्यसअघि हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो ।