काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका लागि जारी खेलमा आयरल्यान्डले नेपालविरुद्ध दोस्रो विकेट गुमाएको छ ।
नेपालका लागि तिव्रगतिका बलर किशोर महतोले आयरल्यान्डका कप्तान एन्डि बालबर्नीलाई आउट गराएका हुन् । किशोरले ओडिआई क्रिकेटमा पहिलो विकेट लिएका हुन् ।
करिब एक बर्ष पछि ओडिआई क्रिकेटमा मौका पाएका किशोरले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।
आयरल्यान्ड नेपालले दिएको २ सय ६९ रनको लक्ष्य पछ्याईरहेको छ ।
त्यसअघि हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो ।