काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आयरल्यान्डविरुद्धको खेलमा आफ्नो ५० औं ओडिआई खेल खेल्ने भएका छन् ।
५० औं खेल खेल्ने दीपेन्द्र दोस्रो नेपाली खेलाडी बनेका छन् । यसै आइसीसी विश्वकप छनोटमा नेदरल्यान्ड्सविरुद्ध नेपाली टोलीका कप्तान रोहितको ५० औं खेल पूरा भएको हो ।
दीपेन्द्र नेपालबाट ५० औं ओडिआई खेल्ने दोस्रा खेलाडी बनेका हुन् । दीपेन्द्रपछि नेपालबाट सर्वाधिक धेरै सन्दीप लामिछानेले ४९ र आरिफ शेख र सोमपाल कामी ४७/४७ ओडिआई खेल खेलेका छन् ।
२३ वर्षीय दीपेन्द्रले नेपालबाट ४९ ओडिआई खेलमा १ शतक र ३ अर्धशतकसहित ८ सय ५७ रन बनाएका छन् ।
दीपेन्द्र नेपालको लागि ओडिआई डेब्यु खेलमा रहेका ११ मध्येका १ खेलाडी हुन् । उनले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्सविरुद्ध नै ओडिआईमा डेब्यू गरेका थिए ।