नेपालको मध्यम ब्याटिङ सुरुआत
मंगलबार, १९ असार २०८०खेलपाटी संवाददाता

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१६ इस्टर्न जोन कपको फाइनल खेलमा घरेलु टोलीविरुद्ध नेपालले मध्यम ब्याटिङ सुरुआत गरेको छ ।
मलेसियाको बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १० ओभरमा १ विकेट गुमाएर ५० रन बनाएको छ ।
नेपालका ओपनर निरज कुमार यादव ३० बलमा २ चौकासहित २१ रनका साथ क्रिजमा रहेका छन् । उनलाई नरेन भट्टले ५ रनमा साथ दिईरहेका छन् ।
ओपनर सुर्यांशु कोईराला २३ बलमा १८ रनमा आउट भएका छन् ।
नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो । मलेसियाले थाईल्यान्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
#नेपालको मध्यम ब्याटिङ सुरुआत














-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)