मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
मंगलबार, असार १९, २०८०खेलपाटी संवाददाता

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा घरेलु टोलीविरुद्ध नेपालले पहिला बलिङ ब्याटिङ गर्ने भएको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर ब्याटिङ रोजेका हुन् ।
नेपालले ब्याटिङ रोजेपछि मलेसयाले पहिला बलिङ गर्दैछ ।
नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो । मलेसियाले थाईल्यान्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
#मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल












-1762856022963.jpg&w=3840&q=75)

