काठमाडौं । मलेसियामा जारी एसीसी यू-१६ ईस्ट जोन कपको सेमिफाइनलमा नेपालले पहिलो ओभरमा नै सफलता प्राप्त गरेको छ ।
नेपालका लागि पहिलो ओभरको अन्तिम बलमा कप्तान अभिषेक तिवारीले पहिलो विकेट लिएका हुन् । तिवारीले सिंगापुरका श्रीयनलाई आउट गरेका हुन् ।
त्यसअघि टस जितेर पहिला गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनायो ।
नेपालका ओपनर निरज यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रन बनाए ।
विकेटकिपर आषिश लुहार ६ रनमै क्याच आउट हुन पुगे । निरज कुमारलाई ४२ रनमा क्याच गराए ।
मध्यक्रमका ब्याटर सन्तोष यादव २४ बलमा २ चौकासहित १८ र प्रतिक भट्टराई १२ आउट भए । कप्तान अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए ।
सिंगापुरका हरिहरनले ३ तथा कप्तान हर्ष वेंकटराम र कबिरले समान २/२ विकेट लिए ।