काठमाडौं । मलेसियामा जारी एसीसी यू-१६ इस्टर्न जोन कपको सेमिफाइनल खेलमा सिंगापुरविरुद्ध नेपालले मध्यम ब्याटिङ गरीरहेको छ ।
मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर ९९ रन बनाएको छ ।
नेपालका ओपनर निरज कुमार यादवले ४६ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४२ रनका साथ क्रिजमा रहेका छन् । प्रतिक भट्टराईले १ रनमा उनलाई साथ दिईरहेका छन् ।
नेपालका ओपनर सुर्यांशु कोईराला ४९ बलमा ६ चौकाको साथमा ४३ रन बनाउदै आउट भए । उनी आउट भएपछि क्रिजमा आएका आशिष लोहारले ६ बलमा ६ रन मात्र बनाए । तेस्रो विकेटका रुपमा नरेन भट्ट ३ रन बनाएर आउट भए ।
सिंगापुरका हरिहरनले २ तथा हर्षले १ विकेट लिएका छन् ।
समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । नेपाल सेमिफाइनलमा सिंगापुरलाई पराजित गरि फाइनलमा स्थान बनाउन चाहन्छ ।
सिंगापुर पनि सोहि सोचका साथ मैदान उत्रेको छ। यस खेलको विजेताले अर्को सेमिफाइनल खेलको विजेतासँग मंगलबार फाइनल खेल्नेछ । अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसिया खेल्दैछन् ।