काठमाडौं । मलेसियामा जारी एसीसी यू-१६ इस्टर्न जोन कपको सेमिफाइनल खेलमा सिंगापुरविरुद्ध नेपालले राम्रो ब्याटिङ सुरुआत गरेको छ ।
मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ८ ओभरमा कुनै विकेट नगुमाई ४५ रन बनाएको छ ।
नेपालका ओपनर सुर्यांशु कोइरालाले ३२ बलमा ५ चौकासहित ३२ रनका साथ क्रिजमा रहेका छन् । उनलाई अर्का ओपनर निरज कुमार यादवले १६ बलमा १० रनमा साथ दिईरहेका छन् ।
समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । नेपाल सेमिफाइनलमा सिंगापुरलाई पराजित गरि फाइनलमा स्थान बनाउन चाहन्छ ।
सिंगापुर पनि सोहि सोचका साथ मैदान उत्रेको छ। यस खेलको विजेताले अर्को सेमिफाइनल खेलको विजेतासँग मंगलबार फाइनल खेल्नेछ । अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसिया खेल्दैछन् ।