काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट जोन कपको सेमिफाइनल खेलमा नेपाली टोलीले पहिले ब्याटिङ गर्ने भएको छ ।
सिंगापुरविरुद्ध नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । नेपाल सेमिफाइनलमा सिंगापुरलाई पराजित गरि फाइनलमा स्थान बनाउन चाहन्छ ।
सिंगापुर पनि सोहि सोचका साथ मैदान उत्रदै छ ।
यस खेलको विजेताले अर्को सेमिफाइनल खेलको विजेतासँग मंगलबार खेल्ने छ । अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसिया खेल्दैछन् ।