दीपेन्द्र बने प्लेयर अफ म्याच
आइतबार, असार १७, २०८०खेलपाटी संवाददाता

काठमाडौं । अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी विश्वकप छनोटको प्लेअफ खेलमा प्लेयर अफ द म्याच बनेका छन् ।
युएईविरुद्ध नेपाललाई तीन विकेटको जित दिलाउन महत्वपुर्ण इनिङ खेलेका दीपेन्द्रले खेलको प्लेयर अफ द म्याच अवार्ड जितेका हुन् ।
युएईले लिएको १ सय ८२ रनको लक्ष्य नेपालले ४३ दशमलब २ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरी ८५ बलमा ७ चौका र २ छक्कासहित अविजित ७९ रन बनाएका थिए ।
बलिङ तर्फ दीपेन्द्रले ५ ओभरमा १४ रन खर्चिएर १ विकेट समेत लिएका थिए ।
दीपेन्द्र बने प्लेयर अफ म्याच












-1762856022963.jpg&w=3840&q=75)


