काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि भईरहेको दोस्रो सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले मध्यम ब्याटिङको सुरुआत गरेको छ ।
१४ ओभरको समाप्तीमा नेपालले ४४ रन बनाउँदा २ विकेट गुमाएको छ । टस जितेर नेपालले बलिङ गरेको नेपालले १ सय ८२ रनको लक्ष्य पाएको छ ।
नेपालले दोस्रो ओभरको पहिलो बलमा ओपनर अर्जुन साउदलाई गुमाएको थियो । दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्ललाई १३ रनमा गुमाएको थियो ।
क्रिजमा अहिले कप्तान रोहित पौडेल र कुशल भुर्तेल रहेका छन् ।