काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि भईरहेको सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले मदोस्रो सफलता पाएको छ ।
नेपालका लागि सन्दीप लामिछानेले दोस्रो सफलता दिलाएका हुन् । सन्दीपले २८ रनमा खेलिरहेका आर्यांश शर्मालाई आउट गरेका हुन् ।
अहिले नेपालले १५ ओभरमा ६४ रन खर्चिदा २ विकेट लिएको छ । टस जितेर नेपालले बलिङ गरिरहेको छ ।
ईनिङको दोस्रो बलमा नै करण केसीले युएईका ओपनर आसिफ खानलाई आउट गराएका थिए ।
क्रिजमा अहिले रमिज शाहजाद र यस खेलमा कप्तानी गरिरहेका वृत्य अरविन्द रहेका छन् ।