• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
युएईविरुद्ध नेपाल : हेड टु हेड
खेलपाटी संवाददाता
शनिबार, असार १६, २०८० खेलपाटी संवाददाता
युएईविरुद्ध नेपाल : हेड टु हेड

काठमाडौं । नेपालले जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा आइतबार युएईसँग खेल्नेछ । 

यस टोलीको विजेताले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई पराजित गरि आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरेको हो । यस खेलमा पराजित हुने टोलीले भने नवौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र युएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ । नेपाल ८ पटक विजयी हुँदा ६ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ।

नेपाल र यूएईबीचको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल २०१८ को एसीया कप क्वालिफायरमा भएको थियो । २०१८ अगस्ट ३० मा मलेसियाको किन्नारा ओभलमा भएको खेलमा नेपाल पराजित भएको थियो । यस खेलमा नेपाल ७८ रनले पराजित भएको थियो ।

सो खेलमा नेपालका सुवास खकुरेलले ५० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । बलिङमा सन्दीप लामीछानेले ४ विकेट लिएका थिए ।

नेपाल र युएईबीच २५ जनवरी २०१९ देखि २८ जनवरी २०१९ सम्म तीन खेलको एकदिवसीय सिरिज भएको थियो । युएईमा भएको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल र युएईबीचको दोस्रो भेट भएको थियो । 

सो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । सो खेलमा नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाएका थिए । बलिङ तर्फ नेपालका लागि करण केसी,सन्दीप लामिछाने र पारस खड्काले समान २/२ विकेट लिएका थिए ।

team nepal1687392501.jpg

त्यहि  सिरिजको दोस्रो खेलमा नेपालले युएईलाई १ सय ४५ रनले हराएको थियो । यस खेलमा हालका कप्तान रोहित कुमार पौडेलले ५५ रन बनाएका थिए । बलिङ तर्फ सोमपाल कामीले ५ विकेट लिएका थिए ।

सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपालले ४ विकेटको जित हात पर्दै ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो । त्यस खेलमा तत्कालिन कप्तान पारस खड्काले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका थिए ।  बलिङमा करण केसी र पारस खड्काले समान २/२ विकेट लिएका थिए ।

नेपाल र युएईबीचको पाचौं भेट दुबईमा भएको विश्वकप लिग टू त्रिदेशीय सिरिजका क्रममा भएको थियो । यस सिरिजको पहिलो खेलमा नेपालले ४८ रनको हार व्यहोरेको थियो । मार्च १८ २०२२ मा भएको यस खेलमा नेपालका लागि हालका कप्तान रोहित पौडेलले ४६ रन बनाएका थिए । बलिङमा नेपालका लागि सोमपाल कामीले ४ विकेट लिएका थिए ।

सोही सिरिज अन्तर्गको दोस्रो खेलमा नेपाल र युएईबीचको छैटौं भेट थियो । जुन खेलमा नेपाल ९९ रनले पराजित भएको थियो । त्यस खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ३० रन बनाएका थिए । बलिङ तर्फ तत्कालिन कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएका थिए ।

नेपाल र युएईबीचको सातौं खेल गत बर्ष टियु मैदानमा आयोजना भएको नेपाल र युएईबीचको सिरिजको पहिलो खेलमा भएको थियो । नोभेम्बर १४ २०२२ मा भएको खेलमा युएई ८४ रनले विजयी भएको थियो । 

नेपालका लागि गुलशन झाले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए । सो खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४ तथा अर्जुन साउदले ५१ रन बनाए । 

सोही सिरिजको दोस्रो खेलमा नेपाल र यूएईको आठौं भेट भएको थियो । नोभेम्बर १६ २०२२ मा भएको यस खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो । 

नेपालका लागि ललितनारायण राजवंशी र सोमपाल कामीले समान ३/३ विकेट लिए । नेपालका लागि गुलशन झाले ३७ तथा कुशल भुर्तेलले ३५ रन बनाए । 

नेपाल र यूएईबीचको नवौं भेट सोही सिरिजको अन्तिम खेलमा भएको थियो । सो खेल नेपालले ६ विकेटले जितेको थियो । नोभेम्बर १८ २०२२ मा भएको खेलमा नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए। 

nepal uae1668765188.jpg

नेपालका लागि आसिफ शेखले ८८ तथा ज्ञानेन्द्र मल्लले ६४ रन बनाए । 

नेपाल र यूएईबीचको दशौं भेट दुबईमा भएको विश्वकप लिग टू त्रिकोणात्मक सिरिजका क्रममा भएको थियो । मार्च २ २०२३ मा भएको खेलमा यूएई ६८ रनले विजयी भएको थियो ।

 नेपालका लागि सन्दीप लामिछानेले ३ तथा कुशल मल्लले १ विकेट लिएका थिए । नेपालका लागि कुशल मल्लले ६० तथा सन्दीप लामिछानेले २६ रन बनाए । 

नेपाल र युएईबीचको एघारौं भेट मार्च ६ २०२३ मा दुबईमा नै भएको थियो । नेपालका लागि भिम सार्कीले ७० तथा आरिफ शेखले ४३ रन बनाएका थिए । 

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान ३/३ विकेट लिएका थिए ।

नेपाल र युएईबीचको बाह्रौ भेट नेपालमा भएको विश्वपक लिग टू का खेलका क्रममा भएको थियो । यो खेल नेपालले १ सय ७७ रनको फराकिलो अन्तरले जितेको थियो । 

यस खेलमा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७७ रन बनाएका थिए । बलिङ तर्फ ललित नारायण राजवंशीले ५ विकेट लिएका थिए । 

नेपाल र युएईबीचको तेह्रौं भेट विश्वकप लिग टू सिरिजको अन्तिम खेलमा भएको थियो । सो खेल नेपालले डीएलएस मेथडमा ९ रनले जितेको थियो । 

यस खेलमा नेपालका लागि भीम सार्कीले ६७ रन बनाएका थिए । बलिङ तर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिएका थिए । 

nepali team1687393371.jpg

नेपाल र युएईबीचको चौंथौं तथा पछिल्लो भेट गत बैशाखमा नेपालमा नै भएको थियो । एसीसी प्रिमियर कपको फाइनलमा भएको सो भेटमा नेपाल ७ विकेटले विजयी भएको थियो । यस खेलमा नेपालका लागि गुलसन झाले ६७ रन बनाएका थिए । 

बलिङ तर्फ नेपालका ललित नारायण राजवंशीले ४ विकेट लिएका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
दीपेन्द्रलाई आराम
दीपेन्द्रलाई आराम
नेपालले टस जित्यो
नेपालले टस जित्यो
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP