काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा आज शनिबार सुपर सिक्सको तेस्रो खेल हुदैछ ।
सुपर सिक्सको तेस्रो खेलमा स्कटल्यान्ड र वेस्ट इन्डिज भिड्दै छन् । हरारे स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।
वेस्ट इन्डिज नेपाल रहेको समूह ए मा तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । स्कटल्यान्ड भने समूह बी को दोस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको हो ।
सुपर सिक्समा पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ सुरुआत गर्न चाहन्छन् । वेस्ट इन्डिजलाई विश्वकपमा छनोट हुनका लागि आजको खेल जित्नै पर्ने हुन्छ ।
यदी आजको खेलमा पराजित भएमा वेस्ट इन्डिज सुपर सिक्सबाट बाहिरिने पहिलो टोली बन्ने छ ।
स्कटल्यान्ड पनि वेस्ट इन्डिजलाई पराजित गरि विश्वकप छनोटको सम्भावना कायमै राख्न चाहन्छ ।