काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले माथिल्लो मुलपानी क्रिकेट मैदानको नामकरण गरेको छ ।
क्यानले संघका पूर्व केन्द्रीय अध्यक्ष स्वर्गिय जयकुमार नाथ शाहको नामबाट मैदानको नामाकरण गर्ने भएको छ ।
अब माथिल्लो मुलपानीको नाम जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान हुने भएको छ । शुक्रबार बसेको क्यानको बैठकले उक्त निर्णय गरेको हो ।
गत वैशाखमा एसीसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएको थियो ।
मुलपानी ओडिआई मान्यता पाउने नेपालको दोस्रो मैदान हो । एसीसी प्रिमियर कप अन्तर्गतको ओमान र युएईबीचको सेमिफाइनल खेल पहिलो ओडिआई खेलको रुपमा भएको थियो ।
मुलपानी ओडिआई मान्यता पाउने विश्वको २ सय १६ औं मैदान हो ।