काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय निर्वाचन आगामी असोजमा हुने भएको छ ।
शुक्रबार बसेको बोर्ड बैठकले निर्वाचन कार्यतालिका टुंगो लगाएको छ ।
शुक्रबार बसेको क्यानको बैठकले जिल्ला, प्रदेश र केन्द्रको चुनावी अधिवेशनको मिति तय गरेको हो ।
जस अनुसार साउन मसान्त भित्र क्यान अन्तर्गत रहेका जिल्लामा अधिवेशन हुनेछ । यसैगरी भदौ १० भित्र सातै प्रदेशको अधिवेशन हुनेछ ।
केन्द्रिय अधिवेशन भने असोजको ५ र ६ गतेलाई तय गरिएको छ ।