काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई २ सय १४ रनको लक्ष्य दिएको छ ।
बुलाबायोमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४७ दशमलब ४ ओभरमा २ सय १३ रनमा अलआउट भयो ।
श्रीलंकाका लागि धनन्जय डि सिल्भाले १ सय ११ बलमा ८ चौका र २ छक्काको सहयोगमा ९३ रनको अर्धशतकीय ईनिङ खेले । श्रीलंकाले पहिलो बलमा ओपनर पथुम निसंकालाई गुमाएको थियो ।
अर्का ओपनर दिमुथ करुणारत्नेले ५१ बलमा ३३ रन बनाए । आठौं विकेटका लागि डि सिल्भा र महेश थिक्सनाले ७८ बलमा ७७ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलमा पुर्याए । थिक्सनाले ४७ बलमा २८ रन बनाए । वानिन्दु हसरंगा २१ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाउँदै आउट भए ।
नेदरल्यान्ड्सका लागि लगेन भा बिक र बास डि लिडले समान ३/३ तथा सकिव जुल्फिकरले २ विकेट लिए । रायन केलिन र आर्यान दत्तको नाममा समान १/१ विकेट रह्यो ।
सुपर सिक्सको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ सुरुआत गर्न चाहन्छ । श्रीलंका यसमा जित निकालेर विश्वकप छनोटको सम्भावना बलियो बनाउन चाहन्छ ।
जितका साथ नेदरल्यान्ड्स पनि विश्वकपमा छनोटको सम्भावना बलियो बनाउन चाहन्छ ।