काठमाडौं । नेपाली युवा टोलीले एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियाविरुद्ध कमजोर ब्याटिङ प्रदर्शन गरेको छ ।
बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले २१ ओभरमा ६ विकेट गुमाउँदै ८९ रन बनाएको छ ।
नेपालले निरज कुमार यादवलाई ८ रनमै गुमाएको थियो । तीव्र गतिका बलर मोहम्मद अक्रमले उनलाई बोल्ड गरेका थिए । सूर्यांशु कोइराला २६ बलमा ५ चौकासहित २९ रनमा आउट भए । उनी हजिक हैकवालको बलमा बोल्ड भएका थिए । विकेटकिपर आषिश लुहार गोल्डेन डक आउट भए ।
तीव्र गतिका बलर आरिन अकिले प्रतिक भट्टाईलाई ४ रनमा क्याच आउट गराए । क्रिजमा कप्तान अभिषेक तिवारी र नरेन भट्ट छन् ।
सन्तोष यादब शुन्य रनमा एलबिडब्लु आउट भए । दिप भुजेल ४१ बलमा १५ रन बनाउँदै मुहम्मद मुक्रिको बलमा आउट भए ।
नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । नेपाल मलेसियामाथि सहज जितका साथ समूह विजेता बन्दै सेमिफाइनल खेल्न चाहन्छ । मलेसिया पनि सेमिफाइनलमा पुगि सकेको छ । यस खेलले समूह विजेता निर्धारण गर्नेछ ।