काठमाडौं । मलेसियामा जारी एसीसी यू-१६ इस्टर्न जोन कपमा थाईल्यान्डविरुद्ध नेपालले उत्कृष्ट ब्याटिङ सुरुआत गरेको छ ।
मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १० ओभरमा कुनै विकेट नगुमाई ९६ रन बनाएको छ ।
नेपालका ओपनर निरज कुमार यादव ३४ बलमा ६ चौका र ६ छक्कासहित ६८ रनमा क्रिजमा छन् । उनलाई सुर्यांशु कोइरालाले २८ बलमा ३ चौकासहित २२ रनमा साथ दिएका छन् ।
समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् । समूह ए को खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो ।
थाईल्यान्ड पहिलो खेलमै पराजित भएको हुँदा नेपाल पहिलो जित निकालेको खण्डमा सेमिफाइनलमा पुग्नेछ । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सेमिफाइनल ३ जुलाई र फाइनल ४ जुलाईमा हुनेछ ।