सिन्धुपाल्चोकका दुई क्रिकेट खेलाडी भारत प्रस्थान
मंगलबार, १२ असार २०८०खेलपाटी संवाददाता

काठमाडौं । पाँचपोखरी थाङपाल गाँउपालिकाले आफ्नो पालिकाका दुई क्रिकेट खलाडीलाई थप तालिमका लागि भारत पठाएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकाका सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई पालिकाको लगानी तथा सिन्धुपाल्चोक क्रिकेट संघको समन्वयमा तालिममा पठाइएकोे सिन्धुपाल्चोक क्रिकेट संघका अध्यक्ष विजयकुमार धितालले जानकारी दिनुभयो ।
सार्थक बागमती प्रदेशका अन्डर १६ कप्तान भैसकेका तथा राष्ट्रिय टिमको अन्डर १६ को बन्द प्रशिक्षणमा परिसकेका खेलाडी हुन पाँचपोखरी थाङपाल ३ का पासाङ जिल्लाबाट प्रदेशको खेल खेल्ने गर्दछन ।
भारतको बहु प्रतिष्ठित रणजी ट्रफी समेत खेली सकेका खेलाडी पुनित मेहराद्वारा प्रशिक्षण गराउने कल्का क्रिकेट एकेडेमीमा ३ महिनासम्म ट्रेनिङको लागि आज औपचारिक रूपमा गाउँपालिका अध्यक्ष टासी लामाले शुभकामना सहित बिदाइ गर्नुभयो ।
सिन्धुपाल्चोकका दुई क्रिकेट खेलाडी लागि भारत प्रस्थान














-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)