काठमाडौं । श्रीलंकाले जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटमा स्कटल्यान्डलाई २ सय ४६ रनको लक्ष्य दिएको छ ।
बुलाबायोमा रहेको क्विन्स स्पोर्ट्स पार्कमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंका ४९ दशमलब ३ ओभरमा २ सय ४५ रनमा अलआउट भयो ।
श्रीलंकाका ओपनर पाथुुम निसांकाले ८५ बलमा १० चौकासहित सर्वाधिक ७५ रनको अर्धशतकीय ईनिङ खेले । चरिथ असलंका ६५ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा आउट भए ।
सदिरा समाराविक्रमा ३५ बलमा ४ चौकासहित २६ तथा धनन्जय डि सिल्भा २३ रनमा आउट भए । वानिन्दु हसरंगाले १५ र महेश थिक्सेनाले १६ रन बनाए ।
स्कटल्यान्डका स्पिनर क्रिस ग्रेभ्सले ४ तथा मार्क वाटले ३ विकेट लिए । क्रिस सोलले २ विकेट लिए।