काठमाडौं । भारतमा ५ अक्टोबरबाट सुरु हुने आइसीसी एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीचको खेल १५ अक्टोबरमा हुनेछ ।
भारत पाकिस्तानबीचको खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुनेछ ।
भारत पाकिस्तानबीचको खेल जहिले पनि धेरै प्रत्याशित हुन्छ । आइसीसीको यस्तो ठुलो ईभेन्टमा बाहेक पाकिस्तान भारतको खेल हुदैन । त्यसकारण यि दुईबीचको खेल बहुप्रतिक्षित रहन्छ ।
५० ओभरको विश्वकपमा यी दुई प्रतिद्वन्द्वीबीच भएका सबै सात खेलमा भारतले जित निकालेको छ ।
पछिल्लो एकदिवसीय विश्वकप भेटमा वर्तमान भारतीय कप्तान रोहित शर्माले शानदार १ सय ४० रनको शतकीय ईनिङ खेलेर भारतलाई पराकिलो जित दिलाएका थिए ।