काठमाडौं । ब्रेन्डन म्याकमुलेनको सानदार शतकको सहयोगमा स्कटल्यान्डले आइसीसी एकदिवसीय विश्वकप छनोटमा ओमानलाई ३ सय २१ रनको दिएको छ ।
जिम्बावेको बुलावायो क्लबमा टस हारेर पहिला ब्याटिङको गरेको स्कटल्यान्ड निर्धारित ५० ओभरको अन्तिम बलमा ३ सय २० रन बनाउँदै अलआउट भयो ।
स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेनले १ सय २१ बलमा १४ चौका र ३ छक्कासहित १ सय ३६ रनको सानदार शतकीय इनिङ खेले । २३ वर्षिय ब्रेन्डनको यो करिअरको पहिलो शतक हो ।
तेस्रो विकेटका लागि रिची बेंरिग्टन र म्याकमुलेनले तेस्रो विकेटका लागि १ सय ३८ रनको शतकीय साझेदारी गरेका थिए । कप्तान रिची बेरिंग्टनले ६२ बलमा ७ चौकासहित ६० रनको अर्धशतकीय ईनिङ खेले ।
दोस्रो विकेटका लागि म्याथ्यु क्रस र म्याकमुलेनले ८२ रनको साझेदारी गरेका थिए । म्याथ्यु ५५ बलमा २ चौकासहित २७ रनमा आउट भए । मार्क वाट २५ र थोमस मार्किन्टस ३२ रनमा आउट भए ।
ओमानका तीव्र गतिका बलर बिलाल खानले १० ओभरमा ५५ रन खर्चेर ५ विकेट लिए । फैयाज बटले २ तथा जय ओडेराले १ विकेट लिए ।
स्कटल्यान्डले तेस्रो खेलमा आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ । स्कटल्यान्डले पहिलो खेलमा आयरल्यान्डलाई तथा दोस्रो खेलमा युएईलाई हराएको थियो ।
ओमानले भने पहिलो र दोस्रो खेलमा जित हात पारेको थियो । तर, तेस्रो खेलमा भने पराजित हुन पुगेको थियो । आजको खेलमा जित हात पार्ने टोलीले सुपर सिक्समा स्थान पक्का गर्ने छ ।