काठमाडौं । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा समूह चरणबाटै बाहिरिएको नेपालले थप दुई खेल खेल्ने भएको छ ।
नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै सुपर सिक्समा स्थान बनाउन सकेन । सुपर सिक्स हुदै विश्वकपको सपना सकिए पनि छनोटको प्लेअफका दुई खेल खेल्नेछ ।
७ देखी १० औं स्थानको लागि प्लेअफ हुनेछ । प्लेअफमा समूह ए को चौथो स्थानमा रहने टोलीले समूह बी को पाचौं स्थानको टोलीसँग खेल्नेछ । समूह ए को पाचौं स्थानको टोलीले समूह बी को चौथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
यी दुई खेलको विजेता टोली ७ औं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । पराजित हुने टोलीले नवौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । त्यसैले नेपालले प्लेअफमा दुई खेल खेल्ने भएकोछ । प्लेअफको खेलहरु ३० जुलाई देखी ६ जुलाईसम्म हुनेछ ।
समूह ए मा नेपाल ४ खेलमा ३ मा हार १ मा जितका साथ २ अंक जोड्दै चौथो स्थानमा रहेर बाहिरियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । जिम्बावेसँग ८ विकेट, वेस्ट इन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको हो ।