शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

बजाज खडक वारियर्स फाइनलमा

शनिबार, ०९ असार २०८०खेलपाटी संवाददाता
बजाज खडक वारियर्स फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं ।  सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिग अन्तर्गत सातौं दिन शनिबार कन्चनरुप राइनोज र बजाज खडक वारियर्स विजयी भएका छन् । लगातार चौंथो खेलमा जितपछि बजाज खडक वारियर्सले एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको छ।

पहिलो खेलमा कन्चनरुप राइनोजले राजविराज द किंगलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावना जिवितै राखेको छ।

दिनको पहिलो खेलमा कन्चनरुप राइनोजले राजविराज द किंगलाई ९ विकेटले पराजित गर्यो । राजविराजले दिएको ८६ रनको लक्ष्य कन्चनरुपले ६.३ ओभरमा १ विकेट क्षतिमा पूरा गर्यो।

कन्चनरुपको जितमा तेश्रो नम्बरमा ब्याटिङ गरेका नारायण जोशीले आक्रामक अर्धशतक बनाए। जोशीले मात्र १८ बलमा १ चौका र ७ छक्का मद्दतले ५० रन बनाए। यस्तै दिलिप नाथले अविजित २४ तथा राकेश कामतले १४ रन बनाए। दोश्रो विकेटको लागि नारायण र दिलिपले ७५ रनको साझेदारी गरे।

टस हारेर ब्याटिङ गरेको राजविराज द किंगले निर्धारित ११ ओभरमा ८ विकेट क्षतिमा ८५ रन बनायो। वर्षाका कारण खेल ढिला सुरु भएपछि ओभर घटाएर खेलाइएको थियो।

राजविराजको ब्याटिङमा ओपनर सन्तोष कार्कीले सर्वाधिक ३० रन बनाए भने प्रतिक श्रेष्ठले १८ तथा अभिषेक कार्कीले अविजित १५ रन बनाए।

प्लेयर अफ द म्याच समेत घोषित कन्चनरुपका तिब्र गति बलर राशिद खानले ४ विकेट लिए जुन क्रममा ३ ओभर बलिङ गर्दै १० रन मात्र खर्चिए। सुमित श्रेष्ठले २ तथा चित्र बिस्टले १ विकेट लिए।

दिनको दोश्रो खेलमा बजाज खडक वारियर्सले रुपनी राइडर्सलाई ६७ रनले पराजित गर्यो। वारियर्सले दिएको १७४ रनको लक्ष्य पछ्याएको रुपनीले १६.३ ओभरमा १०६ रन बनाउदा सबै विकेट गुमायो।

रुपनीको ब्याटिङमा अरनिको यादवले २८ बलमा ४० रन बनाएता पनि जित्न पर्याप्त रहेन। वारियर्सको बलिङमा अनिल यादव र कप्तान बिबेक यादवले समान ३ विकेट तथा दिनेश अधिकारी र बिशाल सुश्लिंगले २/२ विकेट लिए।

यस अघि टस हारेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १७३ रन बनाएको थियो।

खडक वारियर्सको लागि प्लेयर अफ द म्याच समेत घोषित बिशाल सुश्लिंगले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ३१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। निरज यादवले ४१ तथा सन्दिप रजालीले ३० रन बनाए। पाँचौ विकेटको लागि बिशाल र निरजले १०९ रनको साझेदारी गरेका थिए। रुपनीको बलिंगमा जितेन्द्र मुखियाले २ तथा फिर्दोश अन्सारी, अनिल शाह, अरनिको यादव र अशोक मेहताले १/१ विकेट लिए। 

लगातार चौंथो जितपछि एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको बजाज खडक वारियर्सको ८ अंक छ । हार पछि रुपनी राइडर्स सबै ५ खेल खेल्दा ३ जित र २ हार बेहोर्दै दोश्रो स्थानमा छ । शीर्ष-२ मा रहँदै फाइनल पुग्न रुपनीले अन्य टिमको नतिजामा भर पर्नु पर्नेछ। चौंथो खेल खेल्दा दोश्रो जित दर्ता गरेको कन्चनरुप राइनोज ४ अंक सहित तेश्रो स्थानमा उक्लेको छ। अन्तिम तथा पाँचौ खेलमा हारसंगै डिफेन्डिङ च्याम्पियन राजविराज द किंग प्रतियोगिताबाट बाहिर भएको छ। बलान बिहुल सुपर किंग्स र छिन्मस्ता लायन्स १/१ खेल खेल्न बाँकी हुँदा समान ४ अंक सहित चौंथो र पाँचौ स्थानमा छ।

सप्तरी क्रिकेट संघ द्वारा आयोजित प्रतियोगिता अन्तर्गत आइतबार लिग चरणको अन्तिम २ खेल हुनेछन्। विहान ९ बजे सुरु हुने पहिलो खेलमा बलान बिहुल सुपर किंग्स र छिन्नमस्ता लायन्स तथा दिउँसो १ बजे सुरु हुने दोश्रो खेलमा कन्चनरुप राइनोज र बजाज खडक वारियर्स प्रतिस्पर्धा गर्नेछन्।                     

Loading ad...
LiNing Ad
बजाज खडक वारियर्स फाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने