• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बजाज खडक वारियर्स फाइनलमा
खेलपाटी संवाददाता
शनिबार, असार ९, २०८० खेलपाटी संवाददाता
बजाज खडक वारियर्स फाइनलमा

काठमाडौं ।  सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिग अन्तर्गत सातौं दिन शनिबार कन्चनरुप राइनोज र बजाज खडक वारियर्स विजयी भएका छन् । लगातार चौंथो खेलमा जितपछि बजाज खडक वारियर्सले एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको छ।

पहिलो खेलमा कन्चनरुप राइनोजले राजविराज द किंगलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावना जिवितै राखेको छ।

दिनको पहिलो खेलमा कन्चनरुप राइनोजले राजविराज द किंगलाई ९ विकेटले पराजित गर्यो । राजविराजले दिएको ८६ रनको लक्ष्य कन्चनरुपले ६.३ ओभरमा १ विकेट क्षतिमा पूरा गर्यो।

कन्चनरुपको जितमा तेश्रो नम्बरमा ब्याटिङ गरेका नारायण जोशीले आक्रामक अर्धशतक बनाए। जोशीले मात्र १८ बलमा १ चौका र ७ छक्का मद्दतले ५० रन बनाए। यस्तै दिलिप नाथले अविजित २४ तथा राकेश कामतले १४ रन बनाए। दोश्रो विकेटको लागि नारायण र दिलिपले ७५ रनको साझेदारी गरे।

टस हारेर ब्याटिङ गरेको राजविराज द किंगले निर्धारित ११ ओभरमा ८ विकेट क्षतिमा ८५ रन बनायो। वर्षाका कारण खेल ढिला सुरु भएपछि ओभर घटाएर खेलाइएको थियो।

राजविराजको ब्याटिङमा ओपनर सन्तोष कार्कीले सर्वाधिक ३० रन बनाए भने प्रतिक श्रेष्ठले १८ तथा अभिषेक कार्कीले अविजित १५ रन बनाए।

प्लेयर अफ द म्याच समेत घोषित कन्चनरुपका तिब्र गति बलर राशिद खानले ४ विकेट लिए जुन क्रममा ३ ओभर बलिङ गर्दै १० रन मात्र खर्चिए। सुमित श्रेष्ठले २ तथा चित्र बिस्टले १ विकेट लिए।

दिनको दोश्रो खेलमा बजाज खडक वारियर्सले रुपनी राइडर्सलाई ६७ रनले पराजित गर्यो। वारियर्सले दिएको १७४ रनको लक्ष्य पछ्याएको रुपनीले १६.३ ओभरमा १०६ रन बनाउदा सबै विकेट गुमायो।

रुपनीको ब्याटिङमा अरनिको यादवले २८ बलमा ४० रन बनाएता पनि जित्न पर्याप्त रहेन। वारियर्सको बलिङमा अनिल यादव र कप्तान बिबेक यादवले समान ३ विकेट तथा दिनेश अधिकारी र बिशाल सुश्लिंगले २/२ विकेट लिए।

यस अघि टस हारेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १७३ रन बनाएको थियो।

खडक वारियर्सको लागि प्लेयर अफ द म्याच समेत घोषित बिशाल सुश्लिंगले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ३१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। निरज यादवले ४१ तथा सन्दिप रजालीले ३० रन बनाए। पाँचौ विकेटको लागि बिशाल र निरजले १०९ रनको साझेदारी गरेका थिए। रुपनीको बलिंगमा जितेन्द्र मुखियाले २ तथा फिर्दोश अन्सारी, अनिल शाह, अरनिको यादव र अशोक मेहताले १/१ विकेट लिए। 

लगातार चौंथो जितपछि एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको बजाज खडक वारियर्सको ८ अंक छ । हार पछि रुपनी राइडर्स सबै ५ खेल खेल्दा ३ जित र २ हार बेहोर्दै दोश्रो स्थानमा छ । शीर्ष-२ मा रहँदै फाइनल पुग्न रुपनीले अन्य टिमको नतिजामा भर पर्नु पर्नेछ। चौंथो खेल खेल्दा दोश्रो जित दर्ता गरेको कन्चनरुप राइनोज ४ अंक सहित तेश्रो स्थानमा उक्लेको छ। अन्तिम तथा पाँचौ खेलमा हारसंगै डिफेन्डिङ च्याम्पियन राजविराज द किंग प्रतियोगिताबाट बाहिर भएको छ। बलान बिहुल सुपर किंग्स र छिन्मस्ता लायन्स १/१ खेल खेल्न बाँकी हुँदा समान ४ अंक सहित चौंथो र पाँचौ स्थानमा छ।

सप्तरी क्रिकेट संघ द्वारा आयोजित प्रतियोगिता अन्तर्गत आइतबार लिग चरणको अन्तिम २ खेल हुनेछन्। विहान ९ बजे सुरु हुने पहिलो खेलमा बलान बिहुल सुपर किंग्स र छिन्नमस्ता लायन्स तथा दिउँसो १ बजे सुरु हुने दोश्रो खेलमा कन्चनरुप राइनोज र बजाज खडक वारियर्स प्रतिस्पर्धा गर्नेछन्।                     

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
दीपेन्द्रलाई आराम
दीपेन्द्रलाई आराम
नेपालले टस जित्यो
नेपालले टस जित्यो
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP