काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ ।
पाँचौ विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमाएको छ । मल्ल १२ रन बनाउँदै आर्यान दत्तको बलमा आउट भए।
नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । अहिले नेपालले २५ दशमलब ३ ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाएको छ ।
नेपालका ओपनर आसिफ शेख शुन्य रनमा नै आउट भएका थिए । पहिलो विकेट लोगेन भान विकले लिएका थिए । दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल २७ रन बनाउँदै आउट भएका छन् ।
दोस्रो विकेट विक्रमजित सिंहले लिएका थिए । तेस्रो विकेटका रुपमा आरिफ शेख आउट भएका थिए । आरिफलाई ६ रनमा विक्रमजित सिंहले आउट गरेका थिए ।
नेपालले चौथो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो । भीम ५६ बलमा २२ रन बनाउदै आउट भए । क्लेटन फ्लोयडको पहिलो बलमा भीम आउट भए ।
सुपर सिक्समा स्थान बनाउनका लागि नेपालले यो खेल जित्नै पर्ने दबाब रहेको छ ।