काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।
भीम ५६ बलमा २२ रन बनाउदै आउट भए । क्लेटन फ्लोयडको पहिलो बलमा भीम आउट भए ।
नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । अहिले नेपालले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाएर ६६ रन बनाएको छ ।
नेपालका ओपनर आसिफ शेख शुन्य रनमा नै आउट भएका थिए । पहिलो विकेट लोगेन भान विकले लिएका थिए । दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल २७ रन बनाउँदै आउट भएका छन् ।
दोस्रो विकेट विक्रमजित सिंहले लिएका थिए । तेस्रो विकेटका रुपमा आरिफ शेख आउट भएका थिए । आरिफलाई ६ रनमा विक्रमजित सिंहले आउट गरेका थिए ।
सुपर सिक्समा स्थान बनाउनका लागि नेपालले यो खेल जित्नै पर्ने दबाब रहेको छ ।