• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
युएई समूह चरणबाट बाहिरियो 
खेलपाटी संवाददाता
शुक्रबार, असार ८, २०८० खेलपाटी संवाददाता
युएई समूह चरणबाट बाहिरियो 

काठमाडौं । आइसीसी विश्वकप छनोटमा युएई लगातार तेस्रो हारका साथ समूह चरणबाटै बाहिरिएको छ । 

लगातार तेस्रो हारसँगै समूह चरणबाटै बाहिरिने युएई दोस्रो टोली हो । यस अघि सम्रह ए को अमेरिका पनि समूह चरणबाट बाहिरिएको थियो । 

सुपर सिक्समा प्रवेशको सम्भावना जिवित राख्न जित्नै पर्ने खेलमा युएई १ सय ११ रनले पराजित भएको हो । 

स्कटल्यान्डले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको युएई ३५ दशमलब ३ ओभरमा १ सय ७१ रनमा अलआउट भयो ।

युएईका कप्तान मोहम्मद वासिमले ५७ बलमा ६ चौकासहित ३६ रन बनाए । त्यस्तै बासिल हामिद २९ बलमा २ चौका र २ छक्कासहित ३० तथा रोहन मुस्तफा १२ मा आउट भए । 

स्कटल्यान्डका सफ्यान शरिफले ४ तथा क्रिस सोलले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो । 

स्कटल्यान्डका लागि कप्तान रिचिं बेरिङ्गटनले १ सय ३६ बलमा ९ चौका र ३ छक्काको सहयोगमा १ सय २७ रनको शतकीय ईनिङ खेले । ओडिआई करियरको चौथो शतक बेरिङ्गटनले १ सय २३ बलमा पूरा गरेका थिए । ईनिङको अन्तिम बलमा कप्तान रन आउट हुन पुगे । 

सुरुआत राम्रो हुन नसकेको स्कटल्यान्डले पहिलो पावर प्लेमा २६ रन बनाउँदा ३ विकेट गुमाईसकेको थियो । तेस्रो विकेट पश्चात क्रिजमा आएका कप्तान रिचि आएका थिए ।

छैटौं विकेटका लागि कप्तान रिचिले माईकल लिक्ससँग ७४ बलमा ६७ रनको साझेदारी गरे । यो साझेदारीले टिमलाई सम्मानजनक योगफलसम्म पुग्न सहयोग गर्यो । लिक्सले ४६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४१ रन बनाए । 

सातौं विकेटका रुपमा कप्तानले क्रिस ग्रेभ्ससँग ५७ बलमा ५१ रनको साझेदारी गरे । ग्रेभ्सले २८ बलमा ३ चौकाको सहयोगमा २२ रन बनाए । आठौं विकेटका लागि कप्तान बेरिङ्गटन र मार्क वाटले ६६ बलमा १ सय ९ रनको साझेदारी गरे । यो साझेदारीले टोलीलाई बलियो योगफलसम्म पुर्यायो । 

वाटले ३१ बलमा ४ चौका र २ छक्काको सहयोगमा अविजित ४४ रन बनाए । 

युएईका लागि जुनेद सिद्धिकीले ३ तथा अलि नासिरले २ विकेट लिए । 

दुई खेलमा अपराजित स्कटल्यान्ड ४ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो हार सहित अंक बिहिन युएई प्रतियोगिताबाट बाहिरिएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
दीपेन्द्रलाई आराम
दीपेन्द्रलाई आराम
नेपालले टस जित्यो
नेपालले टस जित्यो
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP