काठमाडौं । नेपालले आइसीसी विश्वकप छनोटमा आफ्नो अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्सलाई हराए मात्र मात्र सुपर सिक्समा पुग्ने सम्भावना बलियो रहने छ ।
शनिबार नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेर मात्र पुग्ने छैन । सोमबार समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पनि पराजित हुनु पर्नेछ ।
नेपालले सुपर सिक्समा स्थान बनाउन नेदरल्यान्ड्सले बाँकी रहेका दुई खेल हार्नु पर्ने हुन्छ ।
यदी शनिबार नेपालसँग फराकिलो हार व्यहोरेर सोमबार वेस्ट इन्डिजसँग कम अन्तरले जित हात पारेमा पनि नेदरल्यान्ड्को नेटरन रेटको आधारमा सुपर सिक्सको सम्भावना सकिनेछ । अहिले नेपालको नेटरनरेट माइनस ० दशमलब ६३८ र नेदरल्यान्ड्सको माइनस ० दशमलब १६७ छ ।
समूह ए मा अमेरिका सुरुआती तीन खेलमा हारका साथ समूह चरणबाटै बाहिरिएको छ । जिम्बावे र वेस्ट इन्डिज लगातार दोस्रो जितका साथ सुपर सिक्समा स्थान बनाउन लगभग पक्का भईसकेको छ ।
समूह ए बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्स मध्ये एक टोली सुपर सिक्समा स्थान बनाउने छन् । नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो ।
दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा नेदरल्यान्ड्सले शनिबार नेपालसँग र समूह चरणको अन्तिम खेलमा सोमबार वेस्ट इन्डिजसँग खेल्नेछ ।
नेपालले नेदरल्यान्ड्सलाई हराउँदा ४ अंक हुन्छ । सुपर सिक्समा पुग्न त्यो ४ अंक नै पर्याप्त हुनसक्ने देखिन्छ । नेपाल ४ अंकका साथ सुपर सिक्स खेल्न अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग हार्नुपर्ने हुन्छ ।
यदि नेदरल्यान्ड्सले अप्रत्याशित नतिजाका साथ वेस्ट इन्डिजलाई हराएमा भने समान ४ अंक हुनेछ । यो अवस्थामा नेटरनरेटमा भरपर्ने देखिन्छ ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो । तर, दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दा तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।
यससँगै एक खेल्न बाँकी रहेको नेपाल ३ खेलमा २ मा हार र १ मा जितका साथ २ अंकका साथ चौथो स्थानमा छ ।