काठमाडौं । अमेरिका आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्ससँग पराजित हुँदै समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ ।
समूह ए मा रहेको अमेरिका लगातार तेस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको हो । बिहीबार भएको खेलमा अमेरिका पाँच विकेटले पराजित भएको हो ।
अमेरिकाले दिएको २ सय १२ रनको लक्ष्य नेदरल्यान्ड्सले ४३ दशमलब २ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
नेदरल्यान्ड्सको जितमा कप्तान स्कट एड्वार्ड्स र तेजा निडामानुरुले अर्धशतकीय ईनिङ खेले । कप्तान एड्वार्ड्सले ६० बलमा ६ चौकासहित अविजित ६७ रन बनाए ।

तेजा निडामानुरुले ६८ बलमा ५ चौकासहित ५८ रनको योगदान दिए । पाँचौं विकेटका लागि तेजा र स्कटले ८१ बलमा ७२ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
अमेरिकाका जेसी सिंहले २ तथा अली खान, सौरभ नेत्रवालकर र नोष्तुश केन्जिगेले समान ११ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो ।
अमेरिकाका शायन जहांगिरले ८६ बलमा ५ चौका र २ चौकासहित सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ खेले ।
जेसी सिंह ५३ बलमा ३ छक्कासहित ३८ रनमा आउट भए । गजानन्द सिंह ३३ तथा स्टिभ टेलर र साइतेजा मुक्कामल्ला समान १०१० रनमा आउट भए ।
नेदरल्यान्ड्सका रायन केलीन र बास डि लिडेले समान २२ तथा लोगन भान बिक, अर्यान दत्त, विक्रमजित सिंह र फ्लोडले समान ११ विकेट लिए ।
अमेरिका सुरुआती तीन खेलमा हारका साथ समूह ए बाट बाहिरिएको हो । अमेरिका पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ र नेपालसँग ६ विकेटले पराजित भएको थियो । अमेरिकाले अन्तिम खेल सोमबार जिम्बावेसँग खेल्नेछ ।
यता, नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो ।
नेदरल्यान्ड्सले अब शनिबार नेपालसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा सोमबार वेस्ट इन्डिजसँग खेल्नेछ । शनिबारको खेलमा नेपाललाई पराजित गरेको खण्डमा नेदरल्यान्ड्स सुपर सिक्समा पुग्नेछ ।
नेपालसँग पराजित भएमा वेस्ट इन्डिजलाई फराकिलो अन्तरमा हराउनु पर्ने हुन्छ ।