काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा वेस्ट इन्डिजसँगको खेलमा नेपालका आरिफ शेखले अर्धशतक पूरा गरेका छन् ।
आरिफले ८६ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । ओडिआई क्रिकेटमा उनको यो छैटौं अर्धशतक हो ।
टेस्ट मान्यता प्राप्त राष्ट्रको विरुद्ध भने आरिफको यो पहिलो अर्धशतक हो ।
३ सय ४० रनको लक्ष्य पछ्याईरहेको नेपालले ४२ दशमलब ३ अहिले ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको छ ।
अर्धशतक पुरा गरेका शेखसँगै गुलसन झा क्रिजमा रहेका छन् । झाले ५४ बलमा ३४ रन बनाएका छन् ।