• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी
खेलपाटी संवाददाता
बिहीबार, असार ७, २०८० खेलपाटी संवाददाता
खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी

काठमाडौं ।  सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिग अन्तर्गत बिहीबार बजाज खडक वारियर्स र छिन्नमस्ता लायन विजयी भएका छन् ।

दिनको खेलमा बजाज खडक वारियर्सले बलान बिहुल सुपर किंग्सलाई १ विकेटले पराजित गरेको छ।

पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा बलान बिहुलले दिएको १४४ रनको लक्ष्य खडक वारियर्सले २ बल बाँकी हुँदा ९ विकेट गुमाएर पूरा गर्यो।

बजाज खडक वारियर्सको ब्याटिङमा तेश्रो नम्बरमा ब्याटिङ गरेका सन्दिप रजालीले सर्वाधिक ८१ रन बनाए। प्लेयर अफ द म्याच घोषित उनले ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। साहिल पटेल र अनिल यादवले समान १२ रन बनाए। दशौँ विकेटको लागि अनिल यादव र गोमानन्द अमात्य बीच २१ रनको अविजित साझेदारी हुँदा बलान बिहुल जितबाट बन्चित रह्यो।

बलान बिहुलको बलिङमा रोबिन सिंहले ३ तथा रुपेश सिंह र बसिर अहमदले २/२ विकेट लिएता पनि जित्न पर्याप्त रहेन।

यस अघि टस हारेर ब्याटिङ गरेको बलान बिहुलले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १४३ रन बनायो। उसको लागि बिसाल यादवले २४, कप्तान पवन सर्राफले २२, रोबिन सिंहले १५ तथा हसिम अन्सारीले १४ रन बनाए। खडक वारियर्सका बलर बिबेक यादवले ३ तथा अनिल खरेल र गोमानन्द अमात्यले १/१ विकेट लिए।

दिनको दोश्रो खेलमा छिन्नमस्ता लायनले कन्चनरुप राइनोजलाई २५ रनले पराजित गर्यो।

छिन्नमस्ताले दिएको १४४ रनको लक्ष्य पछ्याएको कन्चनरुपले १८.४ ओभरमा ११८ रनमा सबै विकेट गुमायो। कन्चनरुपको लागि अमित यादवले ३९ तथा पप्पु यादवले २६ रन बनाए। छिन्नमस्ताका बलर इमरान शेखले ४ विकेट तथा कमल खत्रीले ३ विकेट लिए। प्लेयर अफ द म्याच घोषित शेखले ४ ओभरमा २१ रन खर्चिए। पप्पु यादव, शरद भेसावकर र रेवती रोयले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिङ गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १४३ रन बनायो। उसको लागि शुभ कंसाकार र हिमांशु दत्ताले समान ३५ रन बनाए। पप्पु यादवले १७ तथा राहुल मण्डलले १५ रन बनाए। कन्चनरुप राइनोजका बलर पप्पु यादवले ३ तथा राशिद खानले २ विकेट लिए।

तिन वटै खेलमा शत प्रतिशत जितपछि बजाज खडक वारियर्स ६ अंक सहित अंक तालिकाको शीर्षमा छ । यस्तै ३ खेलमा दोश्रो जितपछि छिन्नमस्ता ४ अंक सहित दोश्रो स्थानमा छ। समान नतिजा र अंक सहित रुपनी राइडर्स नेट रन रेटको आधारमा तेश्रो स्थानमा छ। तेश्रो खेल खेल्दा दोश्रो हार पछि कन्चनरुप २ अंक सहित चौथो र समान नतिजा र अंक रहेको बलान बिहुल पाँचौ स्थानमा छ। सबै तिन खेलमा हार बेहोरेको राजविराज द किंग पुछारमा छ।

प्रतियोगिता अन्तर्गत छैठौं दिन शुक्रबार पनि दुई खेल हुनेछन्। विहान ९ बजे सुरु हुने पहिलो खेलमा छिन्नमस्ता लायन्स र रुपनी राइडर्स तथा दिउँसो १ बजे सुरु हुने दोश्रो खेलमा बलान बिहुल सुपर किंग्स र राजविराज द किंग प्रतिस्पर्धा गर्नेछन्।

 

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा ६ फ़्रेन्चाइज् टोलिको सहभागिता छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
दीपेन्द्रलाई आराम
दीपेन्द्रलाई आराम
नेपालले टस जित्यो
नेपालले टस जित्यो
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP