वेस्ट इन्डिजलाई चौथो झड्का, दीपेन्द्रले तोडे विस्फोटक साझेदारी
बिहिबार, ०७ असार २०८०खेलपाटी संवाददाता

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले चौथो सफलता पाएको छ ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले निकोलस पुरनको विकेट लिएका हुन् ।
ऐरीले नेपालको ४३ ओभरको अन्तिम बलमा पुरनलाई आउट गराएका हुन् । पुरनले ९४ बलमा १ सय १५ रन बनाएका थिए ।
करण केसीले पहिलो विकेटका रुपमा कैल मेयर्स लाई आउट गरेका थिए । गुलसन झाले दोस्रो विकेट लिएका थिए ।
गुलसनले जोनसन चाल्र्सलाई आउट गराएका थिए । तेस्रो विकेटका रुपमा सन्दीप लामिछानेले ब्रान्डन किंगलाई आउट गरेका थिए ।
क्रिजमा अहिले कप्तान शाई होप र रोभमेन पावेल रहेका छन् ।
वेस्ट इन्डिजले अहिले ४४ दशमलब २ ओभरमा ४ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ ।
वेस्ट इन्डिजलाई चौथो झड्कादीपेन्द्रले तोडे विस्फोटक साझेदारी










-1775788668970.webp&w=3840&q=75)


