वेस्ट इन्डिजलाई चौथो झड्का, दीपेन्द्रले तोडे विस्फोटक साझेदारी
बिहिबार, असार ७, २०८०खेलपाटी संवाददाता

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले चौथो सफलता पाएको छ ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले निकोलस पुरनको विकेट लिएका हुन् ।
ऐरीले नेपालको ४३ ओभरको अन्तिम बलमा पुरनलाई आउट गराएका हुन् । पुरनले ९४ बलमा १ सय १५ रन बनाएका थिए ।
करण केसीले पहिलो विकेटका रुपमा कैल मेयर्स लाई आउट गरेका थिए । गुलसन झाले दोस्रो विकेट लिएका थिए ।
गुलसनले जोनसन चाल्र्सलाई आउट गराएका थिए । तेस्रो विकेटका रुपमा सन्दीप लामिछानेले ब्रान्डन किंगलाई आउट गरेका थिए ।
क्रिजमा अहिले कप्तान शाई होप र रोभमेन पावेल रहेका छन् ।
वेस्ट इन्डिजले अहिले ४४ दशमलब २ ओभरमा ४ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ ।
वेस्ट इन्डिजलाई चौथो झड्कादीपेन्द्रले तोडे विस्फोटक साझेदारी








-1762758084543.jpg&w=3840&q=75)

-1762856022963.jpg&w=3840&q=75)





