काठमाडौं । एपेक्स कलेजको आयोजनामा एपेक्स आईसीसी कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
भदौ अन्तिम साताबाट काठमाडौंको मुलपानी क्रिकेट मैदानमा प्रतियोगिताको आयोजना हुने कलेजले बुधबार एक विज्ञप्ती मार्फत जानकारी गराएको छ । असोज ३ सम्म संचालन हुने प्रतियोगितामा विभिन्न १२ कलेजको सहभागीता रहने छ ।
एपेक्स आई.सि.सि.कपमार्फत युवा क्रिकेट उत्साहीहरुलाई आफ्नो सिप प्रर्दशन गर्न र उच्च स्तरमा प्रतिस्पर्धा गर्न स्थान प्रदान गर्ने लक्ष्य राखेको विज्ञप्तीमा भनिएको छ ।
'खेलकुदको उत्सवको रुपमा कार्यक्रमले सहभागी कलेजहरु बिच सौहार्द, स्वस्थ्य प्रतिस्पर्धा र खेलकुदको भावनालाई बढवा दिनेछ । यस प्रतियोगिताले क्रिकेट खेललाई प्रवद्र्धन गर्ने मात्र नभई कलेजका विद्यार्थीहरुको शैक्षिक र एथलेटिक उत्कृष्टतालाई पनि उजागर गर्नेछ ।' एपेक्स आई.सि.सि.कपका प्रवक्ता अस्मिता पौडेलले बताउनु भयो ।
प्रतियोगिता टीट्वान्टी फम्र्याटमा लिग कम नकआउट आधारमा खेलाईने छ । प्रतियोगिताको विजेताले १ लाख ५०हजार र उपविजेताले रु ७५ हजार प्राप्त गर्नेछन् । म्यान अफ दि म्याचलाई २५ सय र उत्कृष्ट ब्याट्सम्यान र बलरलाई १० हजार र म्यान अफ दि टुर्नामेन्टलाई १५ हजार नगद सहित ट्रफि प्रदान गरिनेछ ।
प्रतियोगिताको क्वार्टरफाईनल चरणबाट सहभागी सबै टिमका खेलाडीहरुको खाना समेत कलेजले उपलब्ध गराउने छ ।