काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले मंगलबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले प्रतियोगिताको खेल तालिका घोषणा गरिसकेको छ । जस अनुसार नेपालको पहिलो प्रतिद्वन्दी थाइल्याण्ड परेको छ ।
समूह 'ए' मा रहेको नेपालले जुन २८ मा थाइल्याण्डको सामना गर्नेछ ।
यस्तै दोस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियासँग जुन ३० मा खेल्नेछ ।
प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ ।
नेपालको समूहमा मलेसिया र थाइल्याण्ड रहेको छ ।
समूह 'बी' मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया रहेको छ ।
नेपाली टोली
