काठमाडौं । घरेलु टोली जिम्बावेले आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेदरल्यान्ड्सलाई सानदार रुपमा हराएको छ।
हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा जिम्बावेले ६ विकेटको सानदार जित हात पारेको हो ।
नेदरल्यान्डले दिएको ३ सय १६ रनको लक्ष्य जिम्बावेले ४० दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
जिम्बावेका लागि सिकन्दर राजाले ५४ बलमा ६ चौका र ८ छक्काको सहयोगमा १ सय २ रन बनाए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १५ रन बनाएको थियो ।