बैंग्लोरमाथि मुम्बईको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराएको छ । मंगलबार राति भएको खेलमा मुम्बईले बैंग्लोरलाई ६ विकेटले हराएको हो ।
२ सय रनको लक्ष्य मुम्बईले २१ बल बाँकी छदै ४ विकेट गुमाएर पुरा गर्यो । इशान किसनले ४२ रनको इनिङ्स सहित मुम्बईलाई राम्रो सुरुआत दिलाएका थिए ।
सुर्यकुमार यादवले ८३ रनको शानदार इनिङ्स खेल्दै मुम्बईलाई जिततर्फ डो¥याएका थिए । नेहल वढेराले ५२ रनको नटआउट इनिङ्स खेल्दै मुम्बईलाई जित दिलाए । बैंग्लोरका वानिन्दु हसरंसा र विजयकुमार वैशाकले समान २÷२ विकेट लिएका थिए ।
सुरुआती ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९९ रन बनायो । बैंग्लोरका लागि फाफ डु प्लेसिस र ग्लेन म्यासवेलले क्रमश ६५ र ६८ रन जोड्दै टिमलाई राम्रो सुरुआत दिलाएका थिए ।
दिनेश कात्तिकले ३० रनको योगदान गरे । मुम्बईका जासन बेहरेनडोर्फले ३ तथा क्यामरुन ग्रिन, क्रिस जोर्डन र कुमार कात्र्तिकेयले समान १–१ विकेट लिए ।
मुम्बई जित सहित १२ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । बैंग्लोर १० अंक सहित सातौं स्थानमा छ ।