काठमाडौं । लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुलले खुट्टामा लागेको चोटका कारण यस संस्करणको बाँकी आइपीएल गुमाउने भएका छन् ।
रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलको दोस्रो ओभरमा बल पछ्याउने क्रममा राहुलको दाहिने खुट्टाको टेन्डन भाँचिएको थियो ।
अष्ट्रेलियाविरुद्धको विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा उनको सहभागितामा पनि शंका उब्जाएको छ ।