मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडले आफ्नो स्थापना दिवस मनायो

सोमबार, २९ फाल्गुण २०७९खेलपाटी संवाददाता
युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडले आफ्नो स्थापना दिवस मनायो
Classic Tech Internet Ad

काठमाडौं । युएस वर्ल्डक्लास तेक्वान्दो हलिउडले आफ्नो स्थापनाको २८ औं वार्षिक उत्सव शनिवार र आइतवार भव्यताका साथ मनाएको छ । अमेरिकाको ओरिगन राज्यको पोर्टल्याण्डमा दुई दिनसम्म विविध कार्यक्रमकाबीच वार्षिक उत्सव मनाइएको हो ।

‘युएस वार्ड क्लास तेक्वान्दो हलिउड’ ग्राण्ड मास्डर दिवाकर महर्जन ‘डान’ द्वारा संचालित स्कूल हो । उनी अमेरिकामा तेक्वान्दो स्कूल संचालन गरिरहेका छन् ।

पोर्टल्याण्ड स्थित आफ्नै हेडक्वाटरमा आयोजित वार्षिक उत्सव कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्नुका साथै, सेमिनार समेत संचालन गरिएको थियो । बेल्ट ग्रेडिङ पनि गरिएको थियो । जसमा ७३ जना सहभागी थिए ।

कोरियाली मार्सल आर्ट तेक्वान्दो महासंघका अध्यक्ष ग्रान्ड मास्टर डाक्टरडे ह्युन लीले सेमिनारमा सहभागी खेलाडीलाई विषेश प्रशिक्षण दिएका थिए । उनी यसै कार्यक्रममा सहभागी हुन कोरियाको सियोलबाट अमेरिका आएका हुन् ।

शनिवार हप्किदो, बोस्ताफ (लाठीकला) र आत्मरक्षाका विषेश कक्षा संचालन गरिको थियो । विषेश कार्यक्रमबीच ‘स्टुडेन्ट अफ मन्थ’ घोषित गरी १२ जनालाई सम्मान गरिएको थियो ।

मास्टर दिवाकरकी ९० वर्षीया आमा देवीलक्ष्मी महर्जनले कार्यक्रममा सहभागि प्रमुख अतिथि तथा विषेश अथितिलाई खादा लगाइ नेपाली परम्परा अनुसार स्वागत गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि ग्रान्ड मास्टर जेके सिन, ग्रान्ड मास्टर डाक्टर डा. डे ह्युन ली, ट्रु स्कोर डेडुका मालिक इन्जिनियरजीन सोङ्ग, तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्रि राजु क्षेत्रीले ’स्टुडेन्ट अफ मन्थ’ घोषित खेलाडीहरुलाई अवार्ड प्रदान गरेका थिए ।

युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडका संचालक तथा मुख्य प्रशिक्षक मास्टर दिवाकर डानका अनुसार खेलाडीलाई प्रोत्साहनका लागि हरेक महिना एक जना उत्कृष्ट घोषित गरी सबैलाई एक मुष्ट वार्षिक उत्सवको उपल्यक्षमा सम्मान गर्ने गरिन्छ ।

कार्यक्रममा ‘भोलेन्टियर अफ इएर’ सम्मान साइमन वाल्चलाई प्रदान गरियो । दोस्रो डान प्राप्त साइमलले युएस वल्र्ड क्लासमै आठ वर्ष तेक्वान्दो सिकेका हुन् ।

यस्तै ‘ब्लाक बेल्ट अफ एयर’ ज्यास्पर एडम्सनलाई प्रदान गरिएको थियो । दोस्रो डान प्राप्त एडम्सन अबको केही महिनामा तेस्रो डान प्राप्त गर्ने तयारीमा छन् ।

‘बेष्ट फ्यामली’ सम्मान बेक फ्यामलीलाई प्रदान गरियो । चार सदस्य रहेको ‘बेक’ परिवार पछिल्लो चार वर्षदेखि युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडमा प्रशिक्षणरत छन् । आमा, बा र छोरा रेड बेल्टमा छन् । यस्तै छोरी एलो बेल्ट प्राप्त हुन् ।

ग्रान्ड मास्टर दिवाकरका अनुसार उनको स्कूलमा दुई सय परिवार संलग्न छन् । तीन वर्ष भन्दा माथिका करिव तीन सय जनाले नियमित तेक्वान्दो प्रशिक्षण लिदै आएका छन् । केही मेडिकल चिकित्सक समेत प्रशिक्षणमा रहदै आएका छन् ।

कार्यक्रममा विनित श्रेष्ठले नेपाली र अंग्रेजी गीत गाएका थिए भने रामी इमोड्गी र बेनले गितारमा साथ दिएका   थिए ।

ग्रान्ड मास्टर डाक्टरडा. डे ह्युन लीले खेलाडीलाई तरवार कलाको प्रशिक्षण दिएका थिए । ग्रान्ड मास्टर डाक्टरडा. डे ह्युन लीकी श्रीमती मास्टर मुनले पनि खेलाडीलाई प्रशिक्षण दिएकी थिइन् ।

ग्रान्ड मास्टर दिवाकर नेपालमा राष्ट्रिय खेलकुद परिषदका पूर्व प्रशिक्षक हुन् । उनले नेपालमा रहदा निजि रुपमा मैत्रीपूर्ण तेक्वान्दो डोजाङ्ग चलाएका थिए । सन् १९९४ मा अमेरिका आएका ग्रान्ड मास्टर दिवाकरले एक बर्ष पछि सन् १९९५ मार्च १ तारिकमा पोर्टल्याण्डमा आफैले स्कूल संचालन गरेका हुन् ।

तीस हजार डलर लगानीमा एक जना स्थानीयसँगको साझेदारीमा सानो कोठाबाट शुरु गरेको स्कूल अहिले अमेरिकाको सुदुरपश्चिम राज्य ओरिगन स्थित पोर्टल्याण्डकै उत्कृष्ठ मध्येमा पर्दछ । आफ्नै भब्य भवनमा रहेको स्कूलमा साना ठूला गरि तीन वटा हल छन् । ठूलो हलमा प्रतियोगिता नै आयोजना गर्न मिल्छ ।

अहिले सम्म तीन हजार भन्दा बढीले यस स्कूलबाट तेक्वान्दो सिकेका छन् । ‘बर्षमा सालाखाला एक सय १५ विद्यार्थी नियमित छन् । यो बीचमा हरेक बर्ष कम्तिमा ८० देखि एक सय ६५ जना सम्म भर्ना भएको रेकर्ड छ ।’ग्रान्ड मास्टर दिवाकर भन्छन् ।

हलिउड तेक्वान्दो स्कूलका खेलाडीले नेश्नल च्याम्पियन र जुनियर ओलम्पिकमा दर्जनौ स्वर्ण पदक जितेका छन् । ६ जना प्रशिक्षकलाई रोजगारि दिएका छन् । जसमा चारजना फूलटाइमर हुन् ।

स्कूलका नियमित विद्यार्थी मध्ये ८० प्रतिशत मेडिकल क्षेत्रमा काम गर्ने बालबालिका छन् । एक पटक भर्ना भएपछि कम्तिमा एक बर्षदेखि पाँच बर्षसम्म नियमित प्रशिक्षणमा आउने गरेका छन् । उनको स्कूलबाट तेक्वान्दो सिकेका मध्ये दुई जनाले छैटौ र १२ जनाले पाँचौं डान पाएका छन् ।

Bajaj Pulsar Motorcycle Ad
युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडले आफ्नो स्थापना दिवस मनायो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार