कमल ललितपुर च्याम्पियन

ललितपुर । ललितपुर जिल्ला खेलकुद बिकास समितिले बृहत् खेलकुद महोत्सव –२०७९ अन्तर्गत जम्मा १३ खेल बिधाका प्रतियोगिताहरु आयोजना गर्ने क्रममा बुद्धिचाल खेलको अन्तिम खेल आज सम्पन्न गरेका छन्।
ललितपुर जिल्ला खेलकुद बिकास समितिको सभाहलमा सम्पन्न भएका ६ चरणको खेलमा ललितपुर महालक्ष्मी नगर पालिकाका राष्ट्रिय खेलाडी कमल श्रेष्ठले ५ अंक प्राप्त गर्दै जिल्ला प्रथम बन्न सफल भएका छन्। आफ्नै नगरका सुरोज महर्जनलाई प्रोग्रेसिभका आधारमा पछाडि पार्दै जिल्ला च्याम्पियन बनेका छन्। समान ५ अंकका साथ सुरोज महर्जन दोश्रो स्थानमा रहन पुगे।
यसैगरी लामो समय नेपाल चेस खेलमा आफ्नो दबदबा कायम राखेका राजन पुरी ४.५ अंक हासिल गर्दै तेश्रो स्थान प्राप्त गरेका छन्। समान ४.५ अंकका साथ ललितपुर महानगरपालिकाका प्रदेश च्याम्पियन रत्न ब्यञ्जनकार चौथो हुन पुगेका छन्।
प्रतियोगितामा तीन जनाले समान ४ अंक हासिल गर्ने क्रममा ललितपुर महानगरपालिकाका अनरेटेड सुरोज श्रेष्ठले उत्कृष्ट खेल पस्कदै पाँचौ , शिरोमणि बज्राचार्य छैटौं र सानुभाई महर्जन सातौं स्थानमा रहन सफल भएका छन् ।







%20(1)-1769779466492.jpeg&w=3840&q=75)
-1769769455928.jpeg&w=3840&q=75)

-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)